- प्रदेश सरकार मार्फत सन्चालन हुने कृषि विकास कार्यक्रम, आयोजना सन्चालनमा प्रदेश सरकारलाई सहयोग गर्ने।
- समग्र कृषि विकासको विषयमा प्रदेश र स्थानीय तह वीच पुलको काम गर्ने
- प्रदेश अन्तर्गत सञ्चालन हुने संघिय कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा संचालन गर्ने।
- प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यवसायिक कृषक र कृषि व्यवसायीहरुका लागि तालिम सन्चालन गर्ने।
- स्थानीय समस्यामा आधारित स–साना अध्ययन परीक्षण तथा प्रमाणिकरण गर्ने।
- माटो तथा मल, बाली संरक्षण र वीउविजन परीक्षण सम्बन्धी सामान्य सेवा प्रदान गर्ने।
- स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा प्रदान गर्ने।
- आर्थिक महत्वका स्थानीय कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने।
- नेपाल कृषि अनुसन्धान परिषदको बाह्य अनुसन्धान स्थल (Outreach Site) को रुपमा कार्य गर्ने।
- सरकारी तथा गैर सरकारी निकायहरु संग समन्वय गरि उन्नत वीउ विजनको स्रोत केन्द्र पहिचानमा सहयोग गर्ने।
- स्थानीय तह र कार्यरत जनशक्तिको क्षमता विकास सम्वन्धि कार्य गर्ने।
- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्र भित्रका पकेट, व्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा टेवा प्रदान गर्ने।
- एग्रो इकोलोजिकल जोन अनुसारको प्राथमिकता प्राप्त बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रंखला विकास तथा कार्यान्वयनको समन्वय गर्ने।
- कृषि विषय अध्ययनरत विधार्थीहरुका लागि इन्टर्नसिप कार्यक्रम संचालनमा सहजिकरण गर्ने।
- स्थानीय तहका कृषि विकासका इकाईहरुबाट कृषि सम्बन्धि तथ्यांक संकलन तथा अध्यावधिक गर्ने एवम संकलित तथ्यांक प्रदेश र संघीय तालुक निकायहरुमा पठाउने।
- कृषि उद्यम तथा व्यवसाय सन्चालन गर्न चाहनेहरुको लागि आवश्यक सेवा टेवा उपलव्ध गराउने।
Copyright © 2024. All rights reserved.