1. प्रदेश सरकार मार्फत सन्चालन हुने कृषि विकास कार्यक्रम, आयोजना सन्चालनमा प्रदेश सरकारलाई सहयोग गर्ने।
  2. समग्र कृषि विकासको विषयमा प्रदेश र स्थानीय तह वीच पुलको काम गर्ने
  3. प्रदेश अन्तर्गत सञ्चालन हुने संघिय कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा संचालन गर्ने।
  4. प्रदेश र स्थानीय तहमा कार्यरत प्राविधिक तथा व्यवसायिक कृषक र कृषि व्यवसायीहरुका लागि तालिम सन्चालन गर्ने।
  5. स्थानीय समस्यामा आधारित ससाना अध्ययन परीक्षण तथा प्रमाणिकरण  गर्ने।
  6. माटो तथा मल, बाली संरक्षण र वीउविजन परीक्षण सम्बन्धी सामान्य सेवा प्रदान गर्ने।
  7. स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा प्रदान गर्ने।
  8. आर्थिक महत्वका स्थानीय कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने।
  9. नेपाल कृषि अनुसन्धान परिषदको बाह्य अनुसन्धान स्थल (Outreach Site) को रुपमा कार्य गर्ने।
  10. सरकारी तथा गैर सरकारी निकायहरु संग समन्वय गरि उन्नत वीउ विजनको स्रोत केन्द्र पहिचानमा सहयोग गर्ने।
  11. स्थानीय तह र कार्यरत जनशक्तिको क्षमता विकास सम्वन्धि कार्य गर्ने।
  12. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्र भित्रका पकेट, व्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा टेवा प्रदान गर्ने।
  13. एग्रो इकोलोजिकल जोन अनुसारको प्राथमिकता प्राप्त बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रंखला विकास तथा कार्यान्वयनको समन्वय गर्ने।
  14. कृषि विषय अध्ययनरत विधार्थीहरुका लागि इन्टर्नसिप कार्यक्रम संचालनमा सहजिकरण गर्ने।
  15. स्थानीय तहका कृषि विकासका इकाईहरुबाट कृषि सम्बन्धि तथ्यांक संकलन तथा अध्यावधिक गर्ने एवम संकलित तथ्यांक प्रदेश र संघीय तालुक निकायहरुमा पठाउने।
  16. कृषि उद्यम तथा व्यवसाय सन्चालन गर्न चाहनेहरुको लागि आवश्यक सेवा टेवा उपलव्ध गराउने।